वायु गुणस्तर सूचकाङ्क २०० पार, काठमाडौं उपत्यकाको आकाश बाक्लो तुवाँलो
काठमाडौं– पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढपक्कै ढाकिएको छ । बाक्लो तुवाँलोको घुम्टोभित्र निसास्सिएको काठमाडौं आज बिहान विश्वकै दोस्रो प्रदूषित शहर बनेको छ ।

विश्वका प्रमुख शहरहरूको वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ को पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं आज विश्वकै दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत गरेको हो ।
सामान्यतया १५० सम्मको एक्यूआईलाई अस्वस्थ मानिने भए पनि काठमाडौंको वायुमण्डलमा भएको वायु गुणस्तर सूचकांक २०० को विन्दु पार गर्नुलाई स्वास्थ्यका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ।
![]() |
![]() |
![]() |
|---|
विश्वका प्रमुख शहरहरूको प्रदूषण श्रेणीमा छिमेकी मुलुक भारतको राजधानी दिल्ली ३०२ एक्यूआईसहित पहिलो स्थानमा रहेको छ। त्यसैगरी, नेपालको काठमाडौं दोस्रो र पाकिस्तानको लाहोर १८६ एक्यूआईसहित तेस्रो स्थानमा रहेका छन्। बंगलादेशको ढाका र म्यानमारको याङ्गुन पनि शीर्ष पाँच प्रदूषित शहरको सूचीमा अटाएका छन्।
विशेषगरी हिउँदको अन्त्य र प्रि–मनसुनको सुरुवातमा धुलोका कण र धुवाँका कारण वायुमण्डल धमिलो हुने गरेको छ। धुम्मिएको आकाश र बढ्दो प्रदूषणका कारण सर्वसाधारणमा आँखा पोल्ने, खोकी लाग्ने र घाँटी दुख्ने जस्ता समस्या देखिन थालेका छन्।
चिकित्सकहरूले यस्तो घातक हावाबाट बच्न मास्कको अनिवार्य प्रयोग गर्न र सकभर घरभित्रै रहन आग्रह गरेका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरूका लागि यो अवस्था निकै जोखिमपूर्ण मानिएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



