राश्वपालाई दुईतिहाइका १ सिट अपुग

राश्वपालाई दुईतिहाइका १ सिट अपुग
  • २६ फाल्गुन २०८२, मंगलवार २०:५७

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका सबै क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

mulpatra

प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२५, नेपाली कांग्रेसले १८, नेकपा (एमाले)ले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् ।

त्यस्तै, समानुपातिकतर्फ मंगलबार अपराह्न पौने ४ बजेसम्म १ करोड ५ लाख १४ हजार २५८ मतगणना भएको छ । जसमध्ये रास्वपाले सबैभन्दा बढी ५० लाख ४० हजार ५२२ मत पाएको छ ।

mulpatra mulpatra mulpatra

यसैगरी, कांग्रेसले १७ लाख ७ हजार ७३४, एमालेले १४ लाख २४ हजार ४२८, नेकपाले ७ लाख ७६ हजार ४२८, श्रम संस्कृति पार्टीले ३ लाख ६५ हजार ४०६ र राप्रपाले ३ लाख २६ हजार ६०२ मत पाएको छ। अन्य दलले ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने देखिएको छ ।

त्यस्तैले समानुपातिकतर्फ ६ दलले मात्रै सिट पाउने भएका छन् । यसका आधारमा समानुपातिक तर्फ रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १७, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट हाराहारी पाउने भएका छन् ।

दुवै तर्फको गरेर प्रतिनिधि सभामा रास्वपाका १८३, कांग्रेसका ३७, एमालेका २५, नेकपाका १७, श्रम संस्कृतिका ७ र राप्रपाका ५ सिट हुने देखिएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुईतिहाइका लागि १८४ सिट आवश्यक पर्छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com