Close

Recent Posts

समानुपातिकमा हजार नकटाउने स्वागत नेपालको पार्टीसहित अन्य ४ दल

समानुपातिकमा हजार नकटाउने स्वागत नेपालको पार्टीसहित अन्य ४ दल
  • २६ फाल्गुन २०८२, मंगलवार १६:४६

काठमाडौं– समानुपातिकतर्फको मतगणना जारी छ । अहिलेसम्म १ करोड ५ लाख भन्दा धेरै मत गनेर सकिँदा रास्वपाले ५० लाख ४१ हजारभन्दा धेरै मत पाएको छ । कांग्रेसले १७ लाख ७ हजार भन्दा धेरै मत पाउँदा एमालेले १४ लाख २५ हजार मत कटाएको छ ।

mulpatra

नेकपाले ७ लाख ७६ हजार मत कटाउँदा श्रम संस्कृति पार्टीले ३ लाख ६५ हजारभन्दा धेरै मत पाएको छ । राप्रपाको खातामा ३ लाख २६ हजारभन्दा धेरै मत परेको छ । समानुपातिकतर्फ कतिपय दल यस्ता पनि छन् जसले अहिलेसम्म हजार मत कटाउन सकेका छैनन् ।

निर्वाचन आयोगका अनुसार सिङमान तामाङ अध्यक्ष रहेको जनप्रिय लोकतान्त्रिक पार्टीले ९१७ मत पाएको छ । खड्क बहादुर देवानले खोलेको मितेरी पार्टी नेपालले ७५५ मत पाएको छ । स्वागत नेपाल भनेर चिनिने भद्रप्रसाद नेपाल प्रमुख रहेको उन्‍नत लोकतन्त्र पार्टीले ७१३ मत पाएको छ । त्रिमुल नेपालले ६७४ मत पाएको छ । मतगणना जारी छ ।

mulpatra mulpatra mulpatra