Close

Recent Posts

एडीबीले नेपाललाई ४ करोड अमेरिकी डलर ऋण स्वीकृत दियो

एडीबीले नेपाललाई ४ करोड अमेरिकी डलर ऋण स्वीकृत दियो
  • २६ फाल्गुन २०८२, मंगलवार १६:५८

काठमाडौं– एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई ४ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। यो भनेको नेपाली ५ अर्ब ८७ करोड रुपैयाँबराबर हो ।

mulpatra

डिजिटल रुपान्तरण र नागरिक र व्यवसायका लागि उच्च प्रभावका डिजिटल सेवाहरुमा पहुँच विस्तार गर्न उक्त ऋण दिन लागिएको एडीबीले जनाएको छ ।

एडबिी र विश्व बैंकको पूर्ण द्विपक्षीय अवधारणाअन्तर्गत दक्षिण एसियामै पहिलोपटक नेपाल डिजिटल रुपान्तरण परियोजनालाई दिइने यस ऋणले देशको डेटा होस्टिङ र साइबर सुरक्षा पूर्वाधारलाई बलिदयो बनाउनेछ । यसले देशैभर डिजिटल सुरक्षा, आधुनिक र प्रयोगकर्ताकेन्द्रित सार्वजनिक सेवाका पूर्वाधारलाई थप मजबुत बनाउने एडीबीको अपेक्षा छ ।

mulpatra mulpatra mulpatra

यसले एउटा सुरक्षित सरकारीस्तरको डेटा एक्सचेन्ज प्लेटफर्म विकास गर्न सहयोग पुग्ने एडीबीले उल्लेख गरेको छ । ‘अब डिजिटल रुपान्तरण केवल विकल्प मात्र छैन, अब सार्वजनिक सेवा डेलिभरी र नेपालको आर्थिक विकासलाई सहयोगका लागि यो निकै महत्त्वपूर्ण छ’, नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउ केउकोइसले भने।

एडीबी र वल्र्ड ब्यांकले समर्थन गरेको यो कार्यक्रमले सेवाको पहुँचलाई सहज बनाउने उनको भनाइ छ ।

यो परियोजना नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यान्वयन गर्नेछ। यो नेपालको डिजिटल नेपाल फ्रेमवर्क २.०, १६औँ राष्ट्रिय योजना, ई गभर्नेन्स ब्लुप्रिन्ट र एडीबीको देशीय साझेदारी रणनीति २०२५–२०२९ सँग सम्बन्धित रहेको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com