रास्वपाले ५१ लाख कटाउँदा एमालेले ल्यायो १४ लाख ४८ हजार समानुपातिक मत

रास्वपाले ५१ लाख कटाउँदा एमालेले ल्यायो १४ लाख ४८ हजार समानुपातिक मत
  • २७ फाल्गुन २०८२, बुधबार ०८:१७

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मत गणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ६ः३० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत ल्याएको छ ।

mulpatra

हालसमम समानुपातिकतर्फ १ करोड ७ लाख ३० हजार ५५१ मतगणना सम्पन्न भएको छ। जसमा छ वटा पार्टी मात्र राष्ट्रीय पार्टी बन्ने देखिएको छ । निर्वाचनमा प्राप्त मतअनुसार ६ वटा पार्टीले तीन प्रतिशत थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका छन्।

हालसम्मको मतगणना अनुसार सबैभन्दा बढी रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ। प्रत्यक्ष तर्फ १२५ सिट जितेको र समानुपातिक सहितको सिटसंख्याले ऐतिहासिक मत ल्याएर दुईतिहाइ नजिक पुगेको रास्वपा अघि नेकपा एमाल भने १४ लाख ४८ हजार ३१८ मत ल्याएर तेश्रो बन्न पुगेको छ ।

mulpatra mulpatra mulpatra

निर्वाचन आयोगका अनुसार दोस्रोमा कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत ल्याएको छ भने नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ३ हजार ६२७ प्राप्त गरेको छ।

निर्वाचनको केही दिन अगाडि मात्र खुलेको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत प्राप्त गर्दै राष्ट्रिय दल बनेको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ७८ हजार ५८७ मत ल्याएको छ। मधेश केन्द्रित लगायतका अन्य दलले थ्रेस होल्ड कटाउन सकेका छैनन्।