रविले बुझाए चुनावमा ९ लाख ८९ हजार खर्च भएको विवरण

रविले बुझाए चुनावमा ९ लाख ८९ हजार खर्च भएको विवरण
  • २७ फाल्गुन २०८२, बुधबार ११:२३

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

mulpatra

उनले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएका हुन् ।

चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणमा नौ लाख ८९ हजार ९८७ रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ ।

mulpatra mulpatra mulpatra