एमाले अध्यक्ष ओलीले भने लोकतन्त्रमा अन्तिम फैसला जनताकै, जनताको मतलाई स्वीकार गर्दछु।

एमाले अध्यक्ष ओलीले भने लोकतन्त्रमा अन्तिम फैसला जनताकै, जनताको मतलाई स्वीकार गर्दछु।
  • २८ फाल्गुन २०८२, बिहीबार ११:०४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सन्जाल फेसबुक मार्फत लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने बताएका छन् । चुनावी पराजयपछि पहिलोपटक सार्वजनिक वक्तव्य जारी गर्दै जनताको फैसला शिरोधार्य गर्ने बताएका छन् ।

mulpatra

ओलीको राजिनामाको बहस चलिरहेको बेला सामाजिक सञ्जालमार्फत ओलीले सयपटक आफू र समग्र पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसके पनि जनताको फैसला शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य रहेको बताएका हुन् ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नहुने भन्दै जनताकै बीचमा रहने र जनताकै लागि काम गरिरहने समेत बताएका छन् ।

mulpatra mulpatra mulpatra