आयोगद्वारा धनुषा १ मा मातृका यादवलाई विजयी मान्यता

आयोगद्वारा धनुषा १ मा मातृका यादवलाई विजयी मान्यता
  • २८ फाल्गुन २०८२, बिहीबार १३:१६

धनुषा– निर्वाचन आयोगले धनुषा–१ मा नेकपाका मातृका यादव निर्वाचित भएको विवरण अद्यावधिक गरेको छ ।

mulpatra

आयोगले वेबसाइटमा अपडेट गरेको विवरण अनुसार यादवको १०४३० मत छ । नेपाली कांग्रेसका सामपलटन साहले ९५०२ र एमालेका रामचन्द्र मण्डलले ९३१५ मत प्राप्त गरेका छन् ।

यहाँ रास्वपाका उम्मेदवार किशोरी साह कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकाले उनको उम्मेदवारी खारेजीको निर्णयसँगै आयोगले मत परिणाम सार्वजनिक गरेको थिएन । साहको मत बढी आएपछि आयोगले नतिजा घोषणामा ढिला गरेको थियो । पछि दोस्रो मत प्राप्त गरेका यादवलाई विजेता घोषणा गरेर प्रमाण पत्र दिइएको थियो ।

mulpatra mulpatra mulpatra

आयोगको निर्णय पुनरवलोकनको माग गर्दै किशोरी सर्वोच्च पुगेका छन् । उनको रिट उपर सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।