यूएईले अमेरिकालाई आफ्नो भूमिबाट इरानमाथि आक्रमण नदिने घोषणा
काठमाडौं– संयुक्त अरब इमिरेट (यूएई) की राज्यमन्त्री लाना नुसैबेहले अमेरिकालाई इरानमाथि आक्रमण गर्न यूएईको हवाई क्षेत्र या भूमि प्रयोगका लागि अनुमति नदिइने बताएकी छन् ।

खाडी देशहरूमा इरानले गरिहरेको आक्रमणको निन्दा गरेकी उनले इरानी आक्रमणलाई अत्यन्तै गम्भीर, गैरकानूनी र बिना कुनै उक्साहटमा गरिएको आक्रमण भनेकी छन् ।
नुसैबेहले यूएईले इरानविरुद्ध जवाफी कारबाही गर्छ त भन्ने प्रश्नको सोझो जवाफ नदिएकी उनले यूएईलाई आत्मरक्षाको अधिकार भएको बताइन् । बीबीसीका अनुसार उनले अगाडि बढ्ने बाटो कूटनीति नै हुनुपर्नेमा भने जोड दिएकी छन् ।
![]() |
![]() |
![]() |
|---|
उनले देशको अर्थव्यवस्था मजबुत रहेको भन्दै तेल संरचना (आयल इन्फ्रास्ट्रक्चर) र पर्यटन उद्योगमाथि भएको आक्रमणको झड्का झेल्न सक्ने बताइइन् । जसमा दुबई अन्तर्राराष्ट्रिय हवाई अड्डा र केही होटलहरूमा भएको आक्रमण परेका छन् ।



