आज आयोजक देश अमेरिका र क्यानडा भिड्दै

आज आयोजक देश अमेरिका र क्यानडा भिड्दै
  • २९ जेष्ठ २०८३, शुक्रबार १८:०४

काठमाडौं– फिफा विश्वकप २०२६ को दोस्रो दिन आज उत्तर अमेरिकी सह–आयोजक राष्ट्रहरू क्यानडा र संयुक्त राज्य अमेरिकाले आफ्ना घरेलु समर्थकहरूका माझ प्रतियोगिताको यात्रा सुरु गर्दैछन् ।

mulpatra

बिहीबार मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेपछि आज शुक्रबार सबैको नजर टोरन्टो र लस एन्जलसमा हुने खेलहरूमा अडिएको छ ।

क्यानडाले टोरन्टोको टोरन्टो स्टेडियममा बोस्निया एण्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्दै आफ्नो विश्वकप अभियान सुरु गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

mulpatra mulpatra mulpatra

यस्तै, दोस्रो खेलमा अमेरिकाले क्यालिफोर्नियाको लस एन्जलस स्टेडियममा पाराग्वेको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार शनिबार बिहान पौने ७ बजे सुरु हुने तालिका छ ।

क्यानडाले यसअघि १९८६ र २०२२ मा विश्वकप खेले पनि अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन । यद्यपि, फिफा वरीयतामा ३०औं स्थानमा रहेको क्यानडालाई सुपर कम्प्युटरको विश्लेषणले बोस्नियाविरुद्ध ५८.३ प्रतिशत जितको सम्भावनासहित बलियो दाबेदार देखाएको छ ।

अर्कोतर्फ, अमेरिकाले पाराग्वेसँग सन् १९३० को पहिलो विश्वकपमा ३–० को जित निकालेको इतिहास छ । यसपटक भने यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा अमेरिकाको जितको सम्भावना ३९.८ प्रतिशत र पाराग्वेको ३३.६ प्रतिशत रहेको सुपर कम्प्युटरको विश्लेषण छ

Image Source: © https://mulpatra.com

खेल सुरु हुनुअघिको समारोहमा क्यानडाको ‘सांस्कृतिक मोजाइक’लाई प्रस्तुत गरिनेछ, जहाँ एलनिस मोरिससेट, माइकल बुब्ले, नोरा फतेही र एलेसिया काराजस्ता कलाकारले प्रस्तुति दिनेछन् ।

यस्तै अमेरिकाको समारोह लस एन्जलस स्टेडियममा हुनेछ । यहाँ केटी पेरी, फ्युचर, अनिट्टा र ब्ल्याकपिंककी लिसाजस्ता विश्वचर्चित कलाकारले दर्शकलाई मनोरञ्जन गराउनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दा एक अनौठो कीर्तिमान बनेको छ । विश्वकपको इतिहासमा उद्घाटन खेलमै तीनवटा रातो कार्ड देखाइएको यो पहिलो पटक हो । दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले मैदान छोड्नुपरेको थियो । मेक्सिकोका जुलियन क्विनोनेसले यस विश्वकपको पहिलो गोल गर्ने खेलाडीको रूपमा आफ्नो नाम दर्ता गराएका छन् ।

४८ टोली सहभागी यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठुलो र महँगो मानिएको छ । फिफाले यस चक्रबाट १३ अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखेको छ । तर, ’डायनामिक प्राइसिङ’का कारण फाइनल खेलको टिकटको मूल्य ७ हजार डलरभन्दा माथि पुगेपछि चर्को आलोचना भइरहेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com