बालेनले अस्वस्थ रविलाई घरैमा गएर भेटे

बालेनले अस्वस्थ रविलाई घरैमा गएर भेटे
  • २९ फाल्गुन २०८२, शुक्रबार १५:५७

काठमाडौं– रास्वपा सभापति रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ बनेका छन् । उनी घरमै बसेर आराम गरिरहेको प्रमुख स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

mulpatra

लामिछानेलाई केही दिनदेखि ज्वरो आइरहेको छ । चेकजाँचका क्रममा पिशाबमा इन्फेक्सन देखिएको थियो । उनी नियमित औषधि सेवन गरिरहेका छन्, तर ज्वरो रोकिएको छैन । चिकित्सकले अझै एक–दुई दिन आराम गर्न सुझाीका छन् ।

भावी प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह हिजो लामिछानेलाई उनको निवासमै पुगेर भेटेका छन् । चुनावको नतिजापछि उनीहरुको पहिलोपटक भेट भएको हो । स्वकीय सचिव आचार्यका अनुसार नेताद्वयबीच वान टु वान कुराकानी भएको थियो ।

mulpatra mulpatra mulpatra

रास्वपाले पर्सीसम्म समानुपातिकमा पठाउने उम्मेदवारहरु छान्नुपर्ने छ । यस्तै, बालेन नेतृत्वको मन्त्रीपरिषदको पनि गृहकार्य गर्नुपर्ने छ । यी दुवै विषयमा रवि र बालेनबीच सामान्य छलफल भएको स्रोतले बताएको छ ।