नेपाली कांग्रेसले समानुपातिक सांसद आज टुंगो लगाउने
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सिट बाँडफाँड टुङ्गिएको छ । बाँडफाँड भएको समानुपातिक सिटमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम टुुङ्गो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

आज दिउँसो १ बजे बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आव्हान गरिएको पार्टी कार्यालयले जनाएको छ ।
निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुनेछ।
![]() |
![]() |
![]() |
|---|
नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ।



