हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृतिबाट छानिएका यी हुन समानुपातिक सांसद
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक मत परिणाम अनुसार समानुपातिक तर्फ पार्टीले ४ जना सांसद पाउने तय भएको छ ।

समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत आएकालले पार्टीले ४ जना सांसद पाएको हो । छ । प्रत्यक्ष तर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीको समानुपातिक सहित ७ सिट भएको छ ।
पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
प्रतिनिधिसभा निर्वाचनमा पार्टीले खोटाङ भोजपुर र सुनसरी १ मा प्रत्यक्ष तर्फ विजय भएको थियो । पहिलो पटक निर्वाचनमा होमिएको पार्टीले समानुपातिकमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको हैसियत बनाएको छ



