‘बा’ अध्यक्षमै रहिरहे खुम्चिएको एमाले कुचिएरै सकिने भन्दै शीर्ष नेताबीच आरोप–प्रत्यारोप (भिडियोसहित)अध्क्षय छोड्दैनन् ओली
काठमाडौं– यसपटकको प्रतिनिधिसभा निर्वाचन नेकपा (एमाले)का लागि निकै अप्रिय बन्यो । झापा–५ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मात्रै लज्जास्पद हार व्यहोरेनन्, अन्य पदाधिकारीले पनि उसैगरी अन्य क्षेत्रमा हार व्यहोरे ।

ओली झण्डै ५० मतान्तरले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग हारेका छन् । ओलीसँगै एमालेका पदाधिकारी टिमका कसैले पनि जित हात पार्न सकेनन् ।
हार्ने प्राय सबै ओली पक्ष शीर्ष नेता छन् । उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ मा पराजित हुँदा पृथ्बीसुब्बा गुरुङ लमजुङमा हारे । यसैगरी, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२ मा पराजित हुँदा महासचिव शंकर पोखरेल दाङ–२ मा पराजित भए ।
![]() |
![]() |
![]() |
|---|
विशेष गरी नेपपा एमालेभित्र चुनावी हारको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मत बलियो बन्दै गएको छ । ओली इतरका नेताहरुले ओलीले नैतिकतामा आधारमा राजीनामा दिनुपर्ने अन्यथा अप्रिय निर्णय लिएर भएपनि नेतृत्व परिवर्तन गर्ने चेतावनी दिइरहेका छन् ।
निवार्चनपछि एमालेका शीर्षभित्रै उकुसमुकुस सुरु भएको छ । पार्टीले फागुन २१ को निर्वाचनमा ठुलो पराजय र क्षति ब्येहोर्नु परेपछि उनीहरु आरोप–प्रत्यारोपमै उत्रिन थालेका छन् ।
शीर्ष मात्र होइन, स्थानिय र अन्य नेता पनि नेतृत्वको विषयमा प्रश्न उठाउन थालेका छन् । शीर्ष नेताबीच महाभिड्न्त भइ रहेपनि नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही प्रतिक्रिया दिएका छैन । हाल उनी आफनो बुबाको काजक्रियामा छन् ।
Image Source: © https://mulpatra.com
काजक्रिया मै भएपनि उनले शुक्रबार पार्टीको केन्द्रीय कमिटि सचिवालय बैठक राखे । उक्त बैठकबाट समानुपातिक सांसद छानियो ।
गत २१ फागुनमा भएको निर्वाचनमा पार्टीका अधिकांश शीर्ष नेताहरूले चुनाव जितेनन् । चुनावी परिणामलाई लिएर नेताहरूले इतिहासकै गम्भीर धक्का बेहोरेको भन्दै यसको गम्भीर समीक्षा गर्नुपर्ने बहसलाई व्यापक बनाएका छन् ।
यसको आत्मसमिक्षा गदै ओली राजिनामा दिनुपर्ने केही शीर्ष नेताले माग गरिरहेका छन् । तर ओली तत्काल अध्यक्ष नछाडने पक्षमा छन् ।
प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेले समानुपातिकमा १६ सिट पाएको छ । १७५ सिट रहेको प्रतिनिधिसभामा यस पटक एमाले २५ सिटसहित तेस्रो दल बन्न पुगेपछि पार्टीभित्र एकअर्काप्रति दोषारोपण चुलिँदै गएको हो ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा वामपन्थी दलहरू अहिलेभन्दा धेरै बलिया देखिएका थिए । उनीहरूले प्रत्यक्ष र समानुपातिकतर्फ कुल मतको करिब ५० प्रतिशत हाराहारीमा मत पाएका थिए ।
प्रत्यक्षमा नेपाली कांग्रेसले अग्रता बनाएको भए पनि समानुपातिकमा नेकपा (एमाले) झन्डै २८ लाख मतसहित सबैभन्दा ठूलो दल बनेको थियो । तत्कालीन निर्वाचनमा नेकपा (माओवादी) केन्द्र प्रत्यक्ष र समानुपातिक दुवैमा तेस्रो दल बनेको थियो ।
साथै, वाम खेमाकै राष्ट्रिय जनमोर्चा र नेमकिपा संसदमा थिए । यस पटक भने २२ लाख मत कटाउन मुश्लिक देखियो ।
भिडियो
सामाजिक सञ्जालमा महाभिड्न्त
निर्वाचनपछि एमालेका शीर्ष नेताहरू पनि आरोपप्रत्यारोपमा उत्रिएका छन् । उनीहरुले घुमारो पारामा एमाले अध्यक्ष ओली राजीनामा मागिरहेका छन् । भने ओली पक्षले आवश्यक नरहेको समेत बताइरहेका छन् ।
एमालेका महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईबीच सामाजिक सञ्जालमा दोहोरी नै चलेको छ ।
एमालेका महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईलाई जिम्मेवारी नदिइएको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् । नेता भट्टराईले एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी माग्दा नपाएको अभिव्यक्ति प्रति महासचिव पोखरेलले गलत भएको दाबी गरे । ‘मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ ।’
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले नेता बास्कोटाले अर्का नेता शेरबहादुर तामाङप्रति कडा कटाक्ष गरेका थिए । आफू तामाङजस्तो चरम अवसरवादी पात्र नभएको उनले सामाजिक सञ्जालमै लेखे । बास्कोटाले तामाङलाई आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक–पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्रको संज्ञा दिए ।
‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी ममाथि सार्वजनिक रूपमा जाई लगेछन्,’ बास्कोटाले लेखेका छन्, ‘म तपाईंजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन,पटक–पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । ०३८ यताका ईतिहास हेरौँ न ।’
यसअघि शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता तामाङले आफ्नो निर्वाचन क्षेत्रसमेत जोगाउन नसक्ने नेताहरूले अध्यक्ष केपी ओलीलाई दोष देखाएर उम्किन नमिल्ने बताएका थिए ।
यो त शीर्ष नेताबीचको दोहोरी हो । तर स्थानिय र अन्य केन्द्रीय नेतामा समेत अहिले यस्तै चलिरहेको छ ।
यसैगरि पार्टीभित्र कारबाहीको डण्डा चलाउने विषयमा समेत छलफल चलिरहँदा एमालेका नेता सुरेन्द्र पण्डेले जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेको अवस्थामा आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाही गर्ने नैतिक आधार नेतृत्वसँग नरहेको टिप्पणी गरेका छन् ।
‘एमालेको पूर्नसंरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आइसकेको छ’ उनले भनेका छन, ‘यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो । ४०–५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो ।’
ओलीले हालको अवस्थामा नै अध्यक्ष पद नत्याग्ने सङ्केत देखाएका छन् । पार्टीभित्र विभिन्न तहबाट नेतृत्व छाड्न र आराम गर्न दबाब आइरहेका बेला अध्यक्ष ओलीले तत्काल नेतृत्व नछाड्ने आफुनिटक नेतासँग बताइरहेका छन् ।
उनले आफूसँग दृढ अडान, विचार र दृष्टिकोण राख्ने सामथ्र्य हुँदासम्म पार्टीनेतृत्व नछाड्ने संकेत गरेको बुझिएको छ ।
देश र जनताको पक्षमा अविच्छिन्न हिसाबले क्रियाशील रहेको बताउँदै ओलीले पार्टी, आन्दोलन, पार्टीका विचार र दृष्टिकोणको शिर झुक्न नदिने भन्नुको अर्थ अध्यक्ष पद नछाड्ने भएको एमालेका एक शीर्ष नेताले जानकारी दिए ।
ओली अध्यक्ष नछोडे पार्टीका हालत झन खराब हुने एमालेकै नेताको बुझाइ छ । कार्की आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्काली गृहमन्त्री रमेश लेखक, तत्काली आइजिपी चन्द्रकुबेर खापुङलगायतले फौजदारी कसुर अन्तर्गत अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको छ ।
यसरी ओली पार्टीभित्रैबाट घेराबन्दीमा परेका बेला अब नयाँ सरकारले उनीमाथि कारवाही गर्ने त होइन भन्ने प्रश्न उब्जिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



