रास्वपाले समानुपातिकका ५७ सांसदको नाम टुंग्यायो,बालेन्द्र अनुपस्थित

रास्वपाले समानुपातिकका ५७ सांसदको नाम टुंग्यायो,बालेन्द्र अनुपस्थित
  • १ चैत्र २०८२, आईतवार १३:३८

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ ।

mulpatra

आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ । सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने प्रवक्ता झाले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए ।

बैठकमा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साह भने उपस्थित छैनन् । लामिछाने बिरामी परेका कारण घरबाटै भर्चुअल माध्यमबाट बैठकमा जोडिएको बताइएको छ ।