सभामुख नभए सञ्चारमन्त्रीमै दोहोरिन दाउमा खरेल, झा, राना र गौतमपनि तयारी गदै

सभामुख नभए सञ्चारमन्त्रीमै दोहोरिन दाउमा खरेल, झा, राना र गौतमपनि तयारी गदै
  • १ चैत्र २०८२, आईतवार २०:५७

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको अनौपचारिक तयारी थालेको छ । अहिले सभामुख,उपसभामुख,केही मन्त्रालयको जिम्मेवारी लिने सम्भावित मन्त्रीहरुबारे चर्चा सुरु भएको छ ।

mulpatra

रास्वपाका प्रत्यक्ष निर्वाचित १२५ जनाको नाम तय भइसकेको छ । अब समानुपातिक सूचीबाट ५७ जना थपिँदैछन् । विशेषगरी जगदीश खरेलले आगामी सभामुख या सन्चारमन्त्रीमा आफूलाई उभ्याउन छलफल थालेका छन् ।

योसँगै सभामुख नपाएको अवस्थामा जगदीशले सञ्चारमन्त्रीमा दोहोरिने इच्छा राखेको बताइन्छ । उनको इच्छा पूरा भएमा रास्वपा प्रवक्ता तथा धनुषा ३ बाट निर्वाचित मनिष झालाई अप्ठेरो पर्ने देखिन्छ ।

mulpatra mulpatra mulpatra

झाले यसअघि नै आफू सञ्चारमन्त्रीको लागि तयार रहेको सार्वजनिक जानकारी दिइसकेका थिए । उता मनिष झालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन नसक्दा पर्यटन वा शहरी विकास दिन सकिने लाइनबाट पनि अनौपचारिक छलफल अघि बढाइएको अवस्था छ ।

यसअघि सञ्चारमन्त्रीबाट राजीनामा दिएर ललितपुर क्षेत्र नम्बर २ को निर्वाचनमा होमिएका खरेलले नेपाल टेलिकम,नेपाल दूरसञ्चार प्राधिकरणमा प्रक्रियामा रहेका कतिपय ठेक्काको काम रोकिदिएका थिए ।

राजीनामा दिनुअघि मन्त्रालयका सचिव राधिका अर्याललाई सरुवा गराएर दोलखा घर भएकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई ल्याएका थिए । टेलिकम,प्राधिकरणअन्तर्गत अर्बौं लागतका अधिकांश परियोजनामा बिदेशी कम्पनीहरुको ठूलो रुचि छ ।

Image Source: © https://mulpatra.com

पार्टीभित्र भने यसअघि उपसभामुख रहेकी इन्दिरा रानामगर वा पहिले काठमाडौं २, अहिले चितवन ३ बाट विजयी सोबिता गौतम मध्ये एकलाई सभामुख बनाउने ढंगले कुरा चलाइएको छ । सभामुखका लागि रानापनि जोड गरिरहेको राश्वपा स्रोतले बताएको छ । यसैका लागि गौतमपनि लगेकी छिन् ।

उपसभामुख अर्कै पार्टीको र सभामुखभन्दा फरक लिङ्गको हुनुपर्ने भएकाले विपक्षीमध्ये नेकपाको तर्फबाट एकजना उपसभामुख हुने सम्भावना पनि देखिन्छ । रास्वपा स्रोत भन्छ, ‘नेकपातर्फ उपसभामुखको संकेत बुझिन्छ ।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com