कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा उत्रिए

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा उत्रिए
  • १ चैत्र २०८२, आईतवार १४:५८

काठमाडौं– भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राखेर प्रदर्शन गरिएको छ ।

mulpatra

जेनजी आन्दोलनमा अग्रभागमा देखिएकी रक्षा बमसहितले माइतीघरमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले देशका विभिन्न घटनाको छानबिन गर्न समिति बन्ने र उक्त समितिले प्रतिवेदन सरकारलाई बुझाउने गरे पनि प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा पनि प्रश्न उठाएका छन् ।

mulpatra mulpatra mulpatra

सरकारले जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ ।