यी हुन कांग्रेसबाट समानुपातिक सूचिमा परेकाहरु

यी हुन कांग्रेसबाट समानुपातिक सूचिमा परेकाहरु
  • १ चैत्र २०८२, आईतवार २१:१०

काठमाडौँ । आज बसेको नेपाली काँग्रेसको कार्यसमिति बैठकले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएको छ । २० जना समानुपातिक सांसद पाएको कांग्रेसले १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गरेको छ ।

mulpatra

आयोगलाई बुझाइएको सूचिमा खस आर्यबाट अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी रहेको छन् । यसै क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् । खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको छ ।

आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित भएको छ । यसै क्लष्टरमा पुरुषबाट भिष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपांग) नाम पठाइएको छ । यो क्लष्टरबाट महिलाको संख्या अपुग भएको अवस्थामा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर प्राप्त गर्नेछिन् ।

mulpatra mulpatra mulpatra

थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार र दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ ।

मधेशी कोटामा महिलामा निनुकुमारी कर्ण र रेखाकुमारी यादव र पुरुषमा चन्द्रमोहन यादवको नाम सिफारिस भएको छ । मुस्लिम कोटामा शाहजान खातुन परेकी छन् ।