Close

Recent Posts

पेट्रोलको मुल्य प्रतिलिटर १५ रुपैयाँ बढ्यो

पेट्रोलको मुल्य प्रतिलिटर १५ रुपैयाँ बढ्यो
  • २ चैत्र २०८२, सोमबार ०७:०२

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेको भन्दै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।

mulpatra

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते बिहान रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ ।

जसअनुसार, पेट्रोल पहिलो वर्गः प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गः प्रतिलिटर १७१ रुपैयाँ, तेस्रो वर्गः प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल पहिलो वर्गः प्रतिलिटर १४१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गः प्रतिलिटर १४३ रुपैयाँ, तेस्रो वर्गः प्रतिलिटर १४४ रुपैयाँ पर्ने भएको छ ।

mulpatra mulpatra mulpatra