Close

Recent Posts

रास्वपाका ५७ समानुपातिक सांसद

रास्वपाका ५७ समानुपातिक सांसद
  • २ चैत्र २०८२, सोमबार ०७:४८

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५७ जना समानुपातिक सांसद पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सांसदको नाम टुंगो लगाएको छ ।

mulpatra

आइतबार बसेको रास्वपाको सचिवालय बैठकले ५७ जना समानुपातिक सांसदको नाम पठाए पनि सार्वजनिक भने गरेको थिएन । श्रोतका अनुसार रास्वपाले ४८ महिला र ९ जना पुरुष पठाएको छ ।

जस्मा खसआर्य महिला सोह्् जनामा प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला (पिछडिएको क्षेत्र), क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र), ज्ञानु पौडेल, प्रभाव ढकाल पठाएको छ ।

mulpatra mulpatra mulpatra

खसआर्य पुरुष तर्फ रमेश प्रसाईं को नाम सिफारीस भएको छ ।

थारु महिला– २ जनामा गीता चौधरी र करिश्मा कठरिया छन भने थारु पुरुष– २ जनामा सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी छन् । मधेशी महिला– ७ जनामा पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरी छन । मधेशी २ पुरुषमा पुरुषोत्तम शुप्रभात यादव र खगेन्द्र कर्ण छन् ।

मुस्लिम महिला– ३ जनामा समिना मियाँ, अफ्सना बानु, गजाला शमीम मिकरानी छन् भने दलित महिला– ७ जनामा रिमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खिमा विक छन ।

Image Source: © https://mulpatra.com

दलित पुरुषमा प्रकाशचन्द्र दर्जी रहेको छन । आदिवासी जनजाति महिला तेह् जना परेका छन जसमा बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुशुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलूजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ छन । आदिवासी जनजाति पुरुषमा राम लामा, खुश्बुसरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पा रहेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com