थ्रेसहोल्ड कटाउन नसकेपछि सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिए

थ्रेसहोल्ड कटाउन नसकेपछि सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिए
  • २ चैत्र २०८२, सोमबार ११:४९

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिएको र अब फेरि संघर्षको राजनीति थालेको घोषणा गरेका छन् ।

mulpatra

उनको सचिवालयका अनुसार डा. राउतले संसदीय राजनीतिबाट लिएको र संघर्षको राजनीति जारी राख्ने घोषण गरेका हुन् । यसक्रममा पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिने उनले बताए ।

‘दुई पटक व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेँ, एक पटक जीतेँ, एक पटक हारें । तर दुईटै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु,’ उनले सन्यास घोषणामा भनेका छन्, ‘संसदीय र पदको राजनीतिबाट विश्राम लिऔं भनेर मौका खोज्दा–खोज्दा २०८२ को निर्वाचन नलड्ने पक्कापक्की थियो।’

mulpatra mulpatra mulpatra

सप्तरी–२ मा प्रतिनिधिसभाको सदस्य निर्वाचनमा रास्वपा सांसद रामजी यादवसँग पराजित भएका डा. राउतले आफूले अन्तिम समयमा समर्थकको चाहनाअनुसार चुनावमा प्रतिस्पर्धा गरेको बताएका छन् ।

२०७९ को निर्वाचनमा राष्ट्रिय पार्टी बनेको जनमतले यसपटक थ्रेसहोल्ड कटाउन सकेन ।

२०७५ सालमा ’स्वतन्त्र मधेस गठबन्धनलाई सरकारले कुनै काम गर्न नदिएपछि र जनतामा जान पूर्णतः रोक लगाएपछि आफूले पार्टी खोलेर राजनीतिमा परेको उनले बताएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com