Close

Recent Posts

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडा बढाउन व्यवसायीको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडा बढाउन व्यवसायीको माग
  • २ चैत्र २०८२, सोमबार १५:०७

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेको छ । आजबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै महासंघले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

mulpatra

नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर दश रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा वा घट्दा यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गर्दै आएको छ ।

सोहीअनुरुप तत्काल भाडा समायोजन गर्न महासंघको माग छ । महासंघले ०८१ पुस २२ गतेदेखि मूल्य समायोजन नभएको उल्लेख गर्दै समायोजन गर्दा सवारीसाधनसँग सम्बन्धित १३ वटा सूचकलाई आधार बनाउन पनि अनुरोध गरेको छ ।

mulpatra mulpatra mulpatra

‘लामो समयदेखि भाडा समायोजन नभएको हुँदा हालसम्मको पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि र सवारीसाधनसँग सम्बन्धित १३ वटा सूचकहरुलाई आधार मानी वैज्ञानिक विधिबाट संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेशअन्तर्गतको भाडा सातै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गरिदिनहुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।