Close

Recent Posts

‘स्ट्रेट अफ हर्मोज’ मा युद्धपोत पठाउन जापान र अस्ट्रेलियाको अस्वीकार

‘स्ट्रेट अफ हर्मोज’ मा युद्धपोत पठाउन जापान र अस्ट्रेलियाको अस्वीकार
  • २ चैत्र २०८२, सोमबार १९:१५

काठमाडौं– रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मोज’ मा युद्धपोत पठाउन जापान र अस्ट्रेलियाले अस्वीकार गरेका छन् ।

mulpatra

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जलमार्ग खुला राख्न र सुरक्षा प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेपछि दुवै देशले आफ्नो अडान स्पष्ट पारेका हुन् ।

अस्ट्रेलियाकी यातायात मन्त्री क्याथरिन किंगले एक अन्तर्वार्तामा अस्ट्रेलियाले सो क्षेत्रमा युद्धपोत नपठाउने बताएकी छिन् ।

mulpatra mulpatra mulpatra

उनले भनिन्, “हाम्रो योगदानका सम्बन्धमा हामी धेरै स्पष्ट छौँ। अहिलेसम्म हाम्रो मुख्य प्राथमिकता संयुक्त अरब इमिरेट्स (युएई) लाई रक्षाका लागि विमान उपलब्ध गराउनु हो, विशेष गरी त्यस क्षेत्रमा रहेका हाम्रा नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै।”

मन्त्री किंगले हर्मोज जलडमरूमध्यको संवेदनशीलता बुझेको भए तापनि अस्ट्रेलियाले त्यहाँ जहाज पठाउने कुनै योजना नरहेको र यसबारे कुनै औपचारिक अनुरोध पनि नगरिएको प्रष्ट पारिन्।

यसअघि जापानले पनि सो क्षेत्रमा आफ्ना युद्धपोतहरू पठाउन नसकिने बताएको थियो । आफ्नो संविधानको सीमा र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राख्दै जापानले सैन्य परिचालनको सट्टा कूटनीतिक पहललाई प्राथमिकता दिने संकेत गरेको छ।

Image Source: © https://mulpatra.com

जापानले यसअघि नै उक्त क्षेत्रमा तनाव बढ्न नदिन आफ्नै किसिमले सूचना संकलन र सुरक्षा निगरानी गरिरहेको बताएको थियो।

स्ट्रेट अफ हर्मोज विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग हो। विश्वमा खपत हुने पेट्रोलियम पदार्थको ठूलो हिस्सा यहीँबाट ओसारपसार हुन्छ।

इरान र ओमानको बीचमा रहेको यो साँघुरो जलमार्गमा हुने कुनै पनि अवरोधले विश्व बजारमा तेलको मूल्य र आपूर्तिमा गम्भीर असर पार्ने गर्दछ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com