गृहमन्त्री अर्याल र स्वकीय सचिव श्रेष्ठलाई च्याप्दा प्रधानमन्त्री कार्कीको चौतर्फी आलोचना
काठमाडौं– जेनजी आन्दोलनपछिका सफल निर्वाचन सम्पन्न गराएर देशको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्की कार्यकालको अन्त्यतिर गरिएको दुई विवादास्पद निर्णयले सुशासन र उनको व्यक्तिगत छविमाथि प्रश्नचिन्ह उभिएको छ ।

प्रधानमन्त्री कार्कीले आफ्नो स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष र गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना उत्पन्न भएको छ ।
रास्वपा नेता सागर ढकाल, जेनजी अभियन्ता भावना राउत, विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे ,महावीर पुनः प्रभु शाह लगायतले यी निर्णय सच्याउन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
निर्वाचन सम्पन्न भएपछि आफ्नो कार्यकालको उत्तराद्र्धमा गरिएको यी नियुक्तिले राजनीतिक आलोचना मात्रै नभई जेनजी आन्दोलनले स्थापित गरेको मूल्य र नैतिकतामाथि प्रश्न उठाएको विश्लेषकहरूले बताएका छन्।
पत्रकार देवप्रकाश त्रिपाठी र पूर्वसचिव भीम उपाध्यायले पनि नियुक्ति प्रक्रियालाई अनैतिक र नीतिपरक दृष्टिले अनुचित भनेका छन् ।
द्वन्द्व विशेषज्ञ विष्णुराज उप्रेतीले टिप्पणी गर्दै भनेका छन्, ‘जति छोपे पनि बिरालोले म्याउँ त गरिनै हाल्यो । यसरी गरिएको नियुक्तिले प्रधानमन्त्री कार्कीको नियतमाथि व्यापक शंका पैदा गरेको छ ।’
Image Source: © https://mulpatra.com
विश्लेषकका अनुसार, सुशासन प्रवद्र्धन र पारदर्शीताका लागि जिम्मेवारी पाएकी प्रधानमन्त्रीले जाँदाजाँदै आफ्नै निकट र सहयोगीलाई पदमा नियुक्त गरेपछि निर्वाचनका बेला स्थापित भरोसा र जनसहभागिताको मूल्य कमजोर भएको देखिन्छ ।
सार्वजनिक आलोचना र विरोधका बिच, यस विषयमा राजनीतिक दबाब बढ्दै गएको छ र प्रधानमन्त्री कार्कीले आगामी दिनमा निर्णयको समीक्षा गर्न सक्ने सम्भावना छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



