पाकिस्तानले गर्यो अफगानिस्तानमा आक्रमण, ४०० बढीको मृत्यु
काठमाडौँ । पाकिस्तान र अफगानिस्तान बीच द्धन्द्ध बढ्दै जाँदा पाकिस्तानले सोमबार राति अफगानिस्तानमा एयर हवाई आक्रमण गर्दा ४ सय बढी मारिएको र २५० भन्दा बढी घाइते भएको विभिन्न सन्चारमाध्यमले जनाएका छन् ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानी एयरफोर्सका लडाकू विमानले राजधानी काबुलसहित अन्य क्षेत्रहरुमासमेत निशाना बनाएका छन् । सीएनएन रिपोर्ट्सका अनुसार दारुलअमान, अरजान कीमत, खैराखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिकका कैयौं क्षेत्रमा विस्फोट र गोलीबारीका आवाजहरु सुनिएका छन् ।

पाकिस्तानी सेनाले काबुलमा नशामुक्ति अस्पतालमा बम खसालेको आरोप लगाएका छन् । यो आक्रमणलाई कडा रुपमा निन्दा गर्दै तालिबान सरकारले मानवताविरुद्धको अपराध बताएको छ भने पाकिस्तानले अफगानिस्तानको हवाई सीमाको उल्लंघन गरेको बताएको छ ।
पाकिस्तानको सूचना मन्त्रालयले आक्रमण काबुल र नंगहारमा रहेका सैन्य ठेगाना, प्राविधिक उपकरणको भन्डार र हतियार भन्डार स्थलमा गरिएको बताएको छ । यी क्षेत्रहरुबाट पाकिस्तानी नागरिकविरुद्ध आक्रमण गरिएकाले जवाफी कारबाही गरेको उक्त मन्त्रालयको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|



