रास्वपाको दुई दिने अभिमुखीकरण तालिम आजदेखि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण तालिम आजदेखि सुरु भएको छ। ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिप माआजदेखि सुरु भएको कार्यक्रम भोली सम्पन्न हुनेछ।

अभिमुखीकरण कार्यक्रममा सहभागी हुन प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित सांसदहरू काठमाडौं आइपुगेका छन्। कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्याल (डिपी) ले गरेका छन्।
कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका नेताहरूले प्रशिक्षण दिनेछन्। साथै, पूर्वसंसद सचिव सुरेश अधिकारी, पूर्वकानुन सचिव तोयानाथ अधिकारी, अध्येता दोभान राई लगायतका विज्ञहरूलाई पनि आमन्त्रित गरिएको छ।
![]() |
![]() |
![]() |
|---|
पहिलो दिनको सत्रमा संसद्को संरचना, कार्यप्रणाली, संसदीय अभ्यास तथा सांसदको जिम्मेवारीबारे प्रशिक्षण दिइनेछ। त्यस्तै, सांसदहरूलाई समूहमा विभाजन गरी आपसी चिनजान, सहकार्य र नेतृत्व क्षमता विकास गर्ने अभ्याससमेत गराइनेछ। उपसभापति स्वर्णिम वाग्लेले पार्टीको चुनावी वाचापत्र र त्यसप्रति सांसदहरूको जिम्मेवारीबारे विशेष प्रस्तुति दिनेछन्।
दोस्रो दिनको कार्यक्रम योग तथा ध्यानबाट सुरु हुने छ। त्यसपछि योजना तर्जुमा, बजेट निर्माण र नीतिगत विषयमा प्रशिक्षण दिइनेछ। पार्टी र संसदबीचको सम्बन्ध, कार्यसूची निर्धारण र प्राथमिकता तय गर्ने विषयमा सामूहिक छलफल पनि हुने जनाइएको छ।
अन्तिम सत्रमा सभापति रवि लामिछानेले निर्देशनात्मक मन्तव्य दिँदै अभिमुखीकरण समापन गर्ने कार्यक्रम रहेको छ।
Image Source: © https://mulpatra.com
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जित्दै उल्लेखनीय सफलता हासिल गरेको थियो। दुई दिने अभिमुखीकरणमा सोही सबै नवनिर्वाचित सांसदहरूको सहभागिता रहनेछ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



