मन्त्रालय भागवण्डामा बालेन–रवि, गृह, रक्षा, परराष्ट्र, अर्थ र श्रम मन्त्रालयमा दुवैको अडान

मन्त्रालय भागवण्डामा बालेन–रवि, गृह, रक्षा, परराष्ट्र, अर्थ र श्रम मन्त्रालयमा दुवैको अडान
  • ३ चैत्र २०८२, मंगलवार ११:५५

काठमाडौं– झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच सरकार गठनका विषयमा निरन्तर छलफल भइरहेको छ ।

mulpatra

बालेनले सरकार गठनमा आफूलाई सहज हुने गरी मन्त्री चयन गर्न पाउनु पर्ने पक्षमा रहेका छन् ।

अबको एक हप्ताभित्र बालेन नेतृत्वमा सरकार गठनको तयारी भइरहँदा मन्त्री चयनका विषयमा भने दुई नेताबीच कुरा मिल्न सकेको छैन । यसविचमा उनीहरु मन्त्रालय बाँडफाँडमा पुगेका छन् ।

mulpatra mulpatra mulpatra

स्रोतका अनुसार वरिष्ठ नेता बालेनले सभापति रविलाई ‘तपाईं पार्टी चालाउनु, मलाई सरकार चलाउन दिनु’ भन्ने प्रस्ताव गरेका छन् । रवि निकट स्रोतका अनुसार उनले गृह, रक्षा, परराष्ट्र, अर्थ र श्रम मन्त्रालय आफू निकट नेताहरुलाई दिनुपर्ने अडान राखेका छन् ।

मन्त्रालय घटाएर सरकार गठन गर्ने तयारीमा रहेका बालेनले मन्त्री चयन आफूलाई अनुकुल हुने गरी गर्न दिन रवि समक्ष प्रस्ताव गरेका छन् ।

रविले भने आफू तत्काल सरकारमा सहभागी नुहने अवस्थामा आफू निकट नेताहरुलाई महत्वपूर्ण र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयमा पठाउन चाहेका छन् । र

Image Source: © https://mulpatra.com

तर बालेनले भने गृहमन्त्र र अर्थ आफ्ना विश्वासपात्रलाई बनाउन चाहेका छन्। महत्वपूर्ण मन्त्रालय बाँडफाँटका विषयमा यी दुई नेताबीच कुरा मिल्न नसकेको छैन ।

बालेनले प्रधानन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आफू अनुकुल मन्त्रिपरिषद गठन गर्नु पाउनु पर्ने र त्यसो भएको अवस्थामा मात्रै चाहे अनुसारको काम गर्न सकिने दाबी गर्दै आएका छन् ।

‘चैतको दश गतेभित्र बालेन प्रधामन्त्री भइसक्नुहुनेछ, त्यही दिन नै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी सभापति र वरिष्ठ नेताबीच छलफल जारी छ,’ रास्वपाका एक नेताले भने, ‘मन्त्री चयन पनि आपसी सहमतिमा नै हुन्छ। अहिले उहाँहरु त्यसैको गृहकार्यमा हुनुहुन्छ ।’

जनताको अपार समर्थन पाएको रास्वपा सरकार गठनको अन्तिम तयारीमा रहेको छ । बोलन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका नभएपनि मन्त्री चयनका विषयमा रवि बालेनको आआफ्नै स्वार्थका कारण नाम टुंगो लगाउन सकम भइरहेको स्रोतको दाबी छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com