अभिमुखीकरणमा रास्वपा सांसद
काठमाडौं– रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि आयोजिना गरेको अभिमुखीकरण कार्यक्रममा सांसदहरू आउने क्रम जारी छ ।

१८२ सीटसहित सरकार बनाउने तयारीमा रहेको रास्वपाले आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका लागि २ दिने कार्यशाला आयोजना गरेको छ ।
ग्वार्कोस्थित होटल रोयल टुलिपमा तय गरिएको कार्यक्रममा विज्ञहरूले प्रशिक्षण दिनेछन् । पार्टी प्रवक्ता मनिष झाका अनुसार दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित गराइने छ ।
![]() |
![]() |
![]() |
|---|
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छ बुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन् ।



