अर्को चुनावपछि प्रतिपक्षविहीन संसद् हुने गरी काम गर्न अर्यालको निर्देशन

अर्को चुनावपछि प्रतिपक्षविहीन संसद् हुने गरी काम गर्न अर्यालको निर्देशन
  • ३ चैत्र २०८२, मंगलवार १४:४३

काठमाडौं– रास्वपाका उपसभापति डीपी अर्यालले अर्को चुनावपछि संसद्मा प्रतिपक्षविहीन बनाउने लक्ष्यका साथ काम गर्न निर्देशन दिएका छन् ।

mulpatra

पार्टीको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै अघिल्लो पटक २१ जना मात्रै सांसद भएकाले सोचेजस्तो डेलिभरी र डेभलपमेन्टमा काम गर्न नसकेको बताए ।

उनले भने, ‘हाम्रा छोराछोरी देशमा सुशासन भएन, डेलिभरी भएन, भ्रष्टाचार भयो, हामीहरूलाई बस्न लायक देश बनाइदिनुप¥यो भनेर स्कुलका झोला बोकेर सडकमा निस्किए। हामीहरूको सं ख्याले पुगेको थियो भने त्यो अवस्था आउँदैनथ्यो।’

mulpatra mulpatra mulpatra

तत्कालीन सरकारले जनताको लागि काम गर्न सकेन भन्ने स्पष्ट भइसकेको बताए ।

उनले थपे, ‘यस पटकको निर्वाचनमा हामीले १८२ सीटमा जित हासिल ग¥यौँ। तर यो देशले जित्न बाँकी छ जनताले जित्न बाँकी छ। त्यसकारणले पनि आजको यो कार्यक्रम महत्त्वपूर्ण छ। हामीले देशले जित्नेगरी डेलिभरीमा र डेभलपमेन्टमा काम गर्नुपर्नेछ।’

रास्वपाले लगनशीलता र क्षमतालाई नेपाली जनता, राष्ट्र, राष्ट्रियता र नेपाली जनताको लागि सुम्पिनुपर्ने बताए ।

Image Source: © https://mulpatra.com

उनले थपे, ‘आन्तरिक द्वन्द्व, आन्तरिक खिचातानी, आन्तरिक लडाइँ, खुट्टा तान्ने प्रवृत्तिबाट हामी धेरै टाढा जानुपर्नेछ। यो देशलाई नयाँ सन्देश दिनुपर्नेछ।

जनतालाई नयाँ सन्देश दिनुपर्नेछ। न कि अर्को निर्वाचनसम्म पुग्दै गर्दा नेपाली जनताले प्रतिपक्ष नै नहुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने अवस्था सिर्जना होस्। त्यो काम भाषण गरेर र सधैँ सभापति रवि लामिछाने र बालेन्द्र शाहलाई दौडाएर सम्भव छैन ।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com