इजरायलमा इरानको भीषण आक्रमण, दैनिक करिब सयवटा रकेट प्रहार
काठमाडौं– इरानले इजरायलको सबैभन्दा ठूलो शहर तेल अभिभमा भीषण आक्रमण गरेको छ । आक्रमणमा २ जनाको मृत्यु भएको छ । तेहरानले स्पष्ट रूपमा भनेको छ – इजरायलमाथि भएको क्षेप्यास्त्र आक्रमण लारिजानी र सुलेमानीको हत्या प्रतिशोधस्वरूप गरिएको हो ।

पछिल्लो घण्टामा केन्द्रीय इजरायलमा नयाँ आक्रमणपछि साइरन बजेको छ। क्षति कति भएको छ भन्ने अझै स्पष्ट छैन । यसअघि त्यही क्षेत्रमा भएको आक्रमणले तेल अविव र वरपरका उपनगरहरू–ब्नेई ब्राक र रामात गान–मा क्षति पु¥याएको थियो। त्यहाँ ७० वर्षको एक दम्पतीको मृत्यु भएको थियो ।
एक छिमेकीले इजरायली सञ्चारमाध्यमलाई भने, ‘आक्रमण प्रत्यक्ष थियो। उनीहरूको सुरक्षित कोठा थियो, तर त्यहाँ पुग्न समय पाएनन् ।’ शारोन क्षेत्र र ब्नेई ब्राकमा घाइतेहरू भएको खबर छ। तेल अविवको एक प्रमुख रेल स्टेशनमा पनि क्षति पुगेको छ, जसका कारण देशभर रेल सेवा अस्थायी रूपमा रोकिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
सामान्यतया, उत्तरी इजरायलमा हिज्बुल्लाहतर्फबाट दैनिक करिब सयवटा रकेट प्रहार भइरहेका छन्। त्यसैबीच इरानी क्षेप्यास्त्र पनि आक्रमणमा सामेल भइरहेका छन् ।
प्रायः यी आक्रमणहरू समन्वयित हुन्छन्, जसले इजरायलको हवाई प्रतिरक्षा प्रणालीमा ठूलो दबाब सिर्जना गरेको छ ।
अधिकांश प्रक्षेप्यहरू रोकिएका छन्, तर केही भेदी हुन्छन्। कतिपय अवस्थामा रोक्ने प्रणाली (इण्टरसेप्टर) आफैंले क्षति पु¥याएको आशंका गरिएको छ ।
Image Source: © https://mulpatra.com
रामात गानमा भएको क्षतिमा पनि यही कारण हुनसक्ने बताइएको छ । केही दिनअघि भएको अर्को घटनामा पनि इण्टरसेप्टरकै कारण क्षति भएको अनुसन्धान भइरहेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



