Close

Recent Posts

पाल्पामा टिपर दुर्घटनामा ४ जनाले ज्यान गुमाए

पाल्पामा टिपर दुर्घटनामा ४ जनाले ज्यान गुमाए
  • ८ चैत्र २०८२, आईतवार ०७:२०

पाल्पामा हिजो साँझ भएको टिपर दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् ।

mulpatra

पाल्पाको माथागढी गाउँपालिका–४ झडेवाबाट चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटनामा परेको थियो । टिपरमा चालकसहित चार जना सवार थिए। दुर्घटनामा चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी पाल्पाले जनाएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार (चालक), सोही स्थानका २६ वर्षीय सुनिल बि.क., रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन चिदी रहेका छन्।

mulpatra mulpatra mulpatra

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका चिदीलाई उपचारका लागि भैरहवा मेडिकल कलेज, रुपन्देही रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।