Close

Recent Posts

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै
  • ८ चैत्र २०८२, आईतवार ०७:३२

काठमाडौं । सभापति गगन थापाले राजिनामा दिएपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय जारी कार्यसमिति बैठक आज पनि बस्दैछ । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक बस्ने एक पदाधिकारीले बताएका छन् ।

mulpatra

यसअघि शुक्रवारदेखि उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा सुरु भएको बैठकमा शर्माले हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए ।

बैठकमा बोल्ने सबैले सभापति थापाको राजीनामा स्वीकृत गर्न नहुने र चुनावमा हारको कारण सभापति नभएको तर्क गरेका छन् । बैठकले पेश गरिएका प्रस्ताव पारित गर्ने बताइएको छ ।

mulpatra mulpatra mulpatra

सभापति गगन थापाको राजीनामा आएकाले उत्पन्न परिस्थितिको समिक्षा सहित निर्णय गर्ने भनिएपनि खेल अर्कै रहेको देउवा निकट एक सदस्यले बताएका छन् । चुनावको समीक्षा र भावी रणनीति, कार्ययोजना र आगामी महाधिवेशन बारे छलफल भने पनि सभापति थापाको राजिनामा अस्विकृत गर्ने स्पष्ट देखिएको ति सदस्यले आरोप लगाएका छन् । उनले भने यो खेल स्पष्ट रुपमा सभापतिलाई चोख्याउने खेल मात्र हो‘ उनले सभापतिलाई चोख्याउन राजिनामा दिएजस्तो गरेको र आजको बैठकले उनको राजिनामा स्वीकृती नगर्ने संकेत पार्टी उपसभापतिले गरिसकेको समेत बताएका छन् ।

थापा विशेष महाधिवेशनबाट निर्वाचित भए लगत्तै आम निर्वाचन घोषणा भएर चुनावमा होमिएको कांग्रेसले अप्रत्यासित हार व्यहोर्नु परेको छ । रास्वपाले दुई तिहाइ नजिक सिट जितेपछि थापामाथि नैतिक दबाब थपिएको थियो । देशभरिबाट जम्मा १८ सिट मात्र जितेको र समानुपातिक मत समेत घटेपछि थापामाथि नियमित महाधिवेशन घोषणा गर्न समेत केही पदाधिकारीले सुझाएका थिए । समापति थापा स्वयं सर्लाही ४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरेका छन् ।

यद्यपि, उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् । सामाजिक सञ्जाल एक्समा बिहीबार शर्माले आजको बैठकमा सभापतिको राजीनामा पत्रसँगै राजीनामा अस्वीकृतको प्रस्ताव पनि पेश हुने बताए । सभापति थापाले पार्टी पराजयको नैतिक जिम्मेवारी लिन्छु भन्नु सकरात्मक भए पनि सभापतिको प्रधान दायित्व वर्तमान स्थितिलाई सम्हाल्नु रहेको शर्माको भनाइ छ ।

Image Source: © https://mulpatra.com

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर देखाएर भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com