एमालेलाई शक्तिशाली ल्याउन पाण्डेका ३ सूत्र, ओलीले कसरी हेर्लान
काठमाडौं– जेनजी आन्दोलनपछि नेपालको राजनीतिमा निकै फरबदल आएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र यस क्रममा भएका घटनाले ‘पुराना’ राजनीतिक शक्ति ‘कमजोर र रक्षात्मक’ अवस्था खुम्चिँदा साढे तीन वर्षअघि उदय भएका राजनीतिक दल देशको निर्णायक हैसियतमा उक्लिएको छ ।

जसले पुराना भनिएका राजनीतिक दलमा पनि नेतृत्व परिवर्तनको आवाज उठिरहेको छ । कांग्रेसले नेतृत्व परिवर्तन गर्दा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा पनि झिनो रुपमा नेतृत्व परिवर्तनको आवाज उठिरहेको छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेकपाको लज्जास्पद पराजय भएको छ । कांग्रेस र एमालेले आफ्ना पदाधिकारीलाई जिताउन नसक्दा नेकपामा संयोजक पुष्पकमल दाहाल मात्र पदाधिकारीबाट निर्वाचित भए ।
यही बेला शनिबार एमालेका नेता सुरेन्द्र पाण्डेले आफ्नो पार्टीलाई शक्तिशाली बनाउन तीनबुँदे प्रस्ताव अघि सारेका छन् ।
![]() |
![]() |
![]() |
|---|
सामाजिक सञ्जाल फेसबुकमार्फत तीनबुँदे प्रस्ताव अघि सार्दै उनले एमाले अझै आधुनिक र शाक्तिशाली भएर उदाउन सक्ने दाबी गरेका छन् । तर, यसका लागि इतिहासको ब्याजमा नभएर भविष्यका लगानीमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘के अब एमाले पहिलेकै लयमा फर्किन्छ ? मेरो विश्वास छ, हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौँ। तर यसका लागि हामीले ’इतिहासको ब्याज’ मा होइन, ’भविष्यको लगानी’ मा ध्यान दिनुपर्छ,’ उनले लेखेका छन् ।
एमाले राजनीतिक शक्ति मात्र नभएर मुलुकको जटिल समस्या समाधान गर्ने विज्ञता र प्रविधिसहितको गतिशील संस्था बन्नुपर्ने भन्दै उनले यसका लागि आफूले अघि सारेको तीनवटा क्षेत्रमा तत्काल काम गर्नुपर्ने बताए ।
‘अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ’विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्छ। अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ,’ उनले फेसबुकमा लेखेका छन् ।
Image Source: © https://mulpatra.com
एमालेलाई शक्तिशाली बनाउने नेता पाण्डेको यी हुन् ३ सूत्र
पहिलो
विज्ञतामा आधारित राजनीति: अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ’प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ।
दोस्रो
डिजिटल मेरिटोक्रेसी: व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ’इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस्।
तेस्रो
संरचित पुस्तान्तरण: नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ’को–लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



