मन्त्री केन्द्रित बजेट बाँडेपछि कोशीका मुख्य मन्त्री संकटमा

मन्त्री केन्द्रित बजेट बाँडेपछि कोशीका मुख्य मन्त्री संकटमा
  • १५ असार २०८३, सोमबार ०८:२५

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट मन्त्री केन्द्रित र असन्तुलित भएको आरोप लागेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की राजनीतिक संकटमा परेका छन्।

mulpatra

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसकै सांसदहरूले बजेट संशोधनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि सरकारभित्रै असन्तुष्टि चुलिएको हो। बजेट पारित गर्नुअघि नै संशोधन गरेर जनप्रतिनिधिहरूका माग सम्बोधन गर्नुपर्ने अडानमा असन्तुष्ट सांसदहरू रहेका छन्।

मुख्यमन्त्री कार्कीले तत्काल बजेट पारित गरेर पछि मन्त्रिपरिषद्को निर्णयमार्फत माग सम्बोधन गर्ने आश्वासन दिए पनि असन्तुष्ट सांसदहरूले विगत तीन वर्षदेखि यस्तै आश्वासन मात्रै पाएको भन्दै यसपटक तत्काल परिणाम चाहिने बताएका छन्।

mulpatra mulpatra mulpatra

उनीहरूले बजेट मन्त्रीहरूको रोजाइअनुसार नभई जनताको आवश्यकता र समान विकासको आधारमा पुनः सन्तुलित बनाउनुपर्ने माग राखेका छन्। सहमति जुट्न नसकेपछि प्रदेशसभा बैठकसमेत स्थगित भएको छ।

सत्तापक्षका सांसदहरूले आफ्नो अभियान सरकार ढाल्ने नभई बजेटलाई जनमुखी र सन्तुलित बनाउने उद्देश्यले सुरु गरिएको बताएका छन्। तर सरकार पक्षका केही नेताहरू भने प्रतिपक्षसँग सहकार्य गरेर बजेट पारित गर्ने विकल्पसमेत खोज्न थालेका छन्। असन्तुष्ट पक्ष र सरकारबीच सहमति नभए बजेट पारित प्रक्रियामा थप जटिलता आउन सक्ने भएकाले मुख्यमन्त्री कार्कीमाथि राजनीतिक दबाब झन् बढ्दै गएको छ।