Close

Recent Posts

इजरायली प्रधानमन्त्री नेतान्याहुको कठिन रात हुनेगरी इरानको ठुलो क्षेप्यास्त्र हमला

इजरायली प्रधानमन्त्री नेतान्याहुको कठिन रात हुनेगरी इरानको ठुलो क्षेप्यास्त्र हमला
  • ८ चैत्र २०८२, आईतवार ११:२२

काठमाडौं– इजरायलमा इरानले गएराति सबैभन्दा शक्तिशाली हमला गरेको छ । दक्षिणी शहर अरदमा इरानले गरेको क्षेप्यास्त्र हमलामा ठूलो क्षति पुगेको इजरायली आपतकालीन सेवाले जनाएको छ ।

mulpatra

मागेन डेभिड एडोम नामको आपतकालीन सेवाका अनुसार आक्रमणमा घाइते भएका ८८ जनालाई अस्पताल भर्ना गरिएको छ । जसमध्ये १० जनाको अवस्था गम्भीर छ भने १९ जना मध्यम र ५५ जना सामान्य घाइते भएको बीबीसीले जनाएको छ ।

यो आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरदका मेयरसँग टेलिफोन कुराकानी गरेका छन् । उनले यो हमलालाई ‘असाध्यै कठिन साँझ’ भएको बताएका छन् । नेतान्याहुले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रो भविष्यका लागि चलिरहेको यो अभियानमा आजको साँझ असाध्यै कठिन भयो । मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयसँग मिलेर हरेक आवश्यक सहायता उपलब्ध गराउन निर्देशन दिएको छु ।’

mulpatra mulpatra mulpatra

नेतान्याहुले अगाडि भनेका छन्, ‘म यस समयमा घटनास्थलमा काम गरिरहेका आपतकालीन र उद्दारकर्मीको मनोबल बढाउँछु र सबैलाई ‘होम फ्रन्ट कमान्ड’को निर्देशन पालना गर्न अनुरोध गर्छु ।’

नेतान्याहुले सबै मोर्चामा दुश्मनमाथि हमला जारी राख्नेसमेत बताएका छन् ।