Close

Recent Posts

पोखरा विमानस्थलमा भ्रष्टाचारः पुर्व सचिव अधिकारी सहित २१ जनाबाट ४६ करोड बिगो दाबी

पोखरा विमानस्थलमा भ्रष्टाचारः पुर्व सचिव अधिकारी सहित २१ जनाबाट ४६ करोड बिगो दाबी
  • ८ चैत्र २०८२, आईतवार १५:३३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारमा पुर्व सचिव केदारबहादुर अधिकारी सहित २१ जनाबाट ४६ करोड बिगो दावी गरि मुद्धा दायर गरेको छ ।

mulpatra

अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसमेत २१ जना, ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

अधिकारी, गौतम, पोखरेल, प्रदीप अधिकारी सहित प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, प्राधिकरण कै धु्रवदास, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, तत्कालीन अधिकृत राजाराम चौधरी, तत्कालीन उपप्रबन्धक हिमज्योती थापा, तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, तत्कालीन लेखा अधिकृतरउपप्रबन्धक प्रमोद नेपाल, तत्कालीन वरिष्ठ लेखा अधिकृतरउपप्रबन्धक सविन फुयाल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी विरुद्ध बिदो दाबी गरि मुद्धा दायर गरेको छ ।

mulpatra mulpatra mulpatra