Close

Recent Posts

कांग्रेस सभापति गगन थापाको राजिनामा अस्वीकार

कांग्रेस सभापति गगन थापाको राजिनामा अस्वीकार
  • ८ चैत्र २०८२, आईतवार २०:३६

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस नराम्रोसँग पराजय भएपछि सभापति पदबाट राजिनामा दिएका गगन थापाको राजीनामा अस्वीकार भएको छ । थापाले निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको हो ।

mulpatra

शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गगनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो ।

पार्टी प्रवत्ता देवराज चालिसेले विज्ञप्ती जारी गर्दै भनेका छन् ‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ ९१० वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ ।

mulpatra mulpatra mulpatra