सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड २०२६ बाट सम्मानित

सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड २०२६ बाट सम्मानित
  • ९ चैत्र २०८२, सोमबार ११:१५

काठमाडौं । इन्स्योरेन्स क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई इन्स्योरेन्स विधातर्फको कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको बाहुलीबाट प्रसाईलाई उक्त अवार्डले सम्मान गरिएको हो ।

mulpatra

नयन मिडिया फाउन्डेसन इटहरीले आयोजना गरेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ समारोहमा इन्स्योरेन्स विधातर्फको अवार्डबाट प्रसाई सम्मानित भएका हुन । झापा मेचीनगर नगरपालिकाका प्रसाईले लामो समय देखि इन्स्योरेन्स क्षेत्रमा योगदान पुर्याउँदै आएको र हाल प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्सको सिइओ जस्तो गरिमामय पदमा रहेर इन्स्योरेन्स क्षेत्रलाई सबैको पहुँचमा पुर्याएको कदरस्वरुप अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदै आएको छ । कार्यक्रमका निर्देशक दीपक थापाका अनुसार नयन मिडिया फाउन्डेसनको आयोजनामा हुने यस अवार्ड समारोहमा कोशी प्रदेशभर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व तथा संस्थालाई १६ विधामा अवार्ड तथा १० क्षेत्रमा विशेष सम्मान प्रदान गरिएको छ ।

mulpatra mulpatra mulpatra

अवार्डका विधाहरूमा कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, पत्रकारिता, साहित्य, खेलकुद, सूचना प्रविधि, अटोमोबाइल, सङ्गीत, बैंकिङ, इन्स्योरेन्स, पुँजी बजार, कर्पोरेट, उद्यमशीलता र स्टार्टअपलगायत क्षेत्र समेटिएका छन् ।