नाडाको अध्यक्षमा उप्रेती र महासचिवमा रास्वपा निकट मल्ल विजयीयस्तो छ २९ सदस्यीय कार्यसमिति
काठमाडौँ– नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा मिलनबाबु मल्लले बाजी मारेका छन् । गत फागुन २५ गते अध्यक्षमा सुरेन्द्रकुमार उप्रेतीलाई चयन गरेको नाडाले १२ दिनपछि पूर्ण कार्यसमिति चयन गरेको हो ।

आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम निर्वाचित कार्यसमितिबाट २९ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
नाडाको अध्यक्षपछि शक्तिशाली महासचिव पदमा रास्वपा निकट मिलनबाबु मल्ल चयन भएका छन् । उनलाई सरकार बनाउँदै गरेको पार्टी रास्वपाले समानुपातिक सूचिमा राखेको थियो । त्यस्तै नाडाको महासचिवमा प्रकाश कपुरी, मेघराज पौडेललगायतको दाबी रहेको थियो ।
![]() |
![]() |
![]() |
|---|
नाडाको निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंंकज अग्रवाल, सह कोषाध्यक्ष नीलमणि पाठक चयन भएको हो ।
त्यस्तै नाडाको संस्थागत सदस्यहरू मध्येबाट प्रदेश सदस्य डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दीपेन्द्र कोइराला र पुष्कर ओझालाई चयन गरेको छ ।
अनुपकुमार बराल, तोयानाथ खनाल, दीपकराज गिरी, दीपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साहलाई सदस्यमा चयन गरेको छ ।
Image Source: © https://mulpatra.com
बैठकमा अध्यक्ष उप्रेतीले दीपककुमार अग्रवाल, महेश पाल, र राजेशप्रसाद गिरीलाई कार्यसमितिमा मनोनीत गरेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



