क्रिप्टो कारोबारमा ३० वर्षीया दीप्ति, एक अर्ब बढीको अवैध कारोबारमा संलग्नता
काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेकी ३० वर्षीया दीप्ति पोखरेल एक अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबारमा संलग्न रहेको खुलासा भएको छ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानका क्रममा दीप्ति क्रिप्टो कारोबारमार्फत हुने ठूलो रकम व्यवस्थापन गर्ने मुख्य भूमिकामा रहेको पाइएको हो।
प्रहरीका अनुसार, भारत घर भई हाल ललितपुर बस्दै आएका प्रवेश अली नेतृत्वको समूहले पछिल्लो चार वर्षमा एक अर्ब ३६ करोड ८० लाख रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको देखिएको छ। सो कारोबारमा दीप्तिको प्रत्यक्ष संलग्नता रहेको बताइएको छ।
![]() |
![]() |
![]() |
|---|
अनुसन्धानबाट खुलेअनुसार, अलीले बाइनान्स आइडी प्रयोग गरी क्रिप्टोकरेन्सी किनबेच गर्दै आएका थिए भने उक्त कारोबारबाट आएको रकम व्यवस्थापन गर्ने जिम्मेवारी दीप्तिले सम्हाल्दै आएकी थिइन्।
प्रहरीले जनाएको छ कि दीप्ति लामो समयदेखि अलीसँग निकट रहेर यसै प्रकृतिको काममा सक्रिय थिइन्। उनीमार्फत कारोबारबाट आएको रकमलाई विभिन्न माध्यमबाट चलाउने गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
यस प्रकरणमा बाँकेका नरेश रेउले पनि संलग्न रहेको खुलेको छ। उनलाई प्रारम्भमा पक्राउ गरी सोधपुछ गर्दा दीप्ति र अलीसम्म प्रहरी पुगेको थियो।
Image Source: © https://mulpatra.com
प्रहरी टोलीले उनीहरूको साथबाट १५ लाख ३० हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ। साथै, उनीहरूको मोबाइलमा भेटिएको बाइनान्स आइडीमा ठूलो परिमाणमा कारोबार भएको प्रमाण फेला परेको छ।
नेपालमा क्रिप्टोकरेन्सी कारोबार कानुनी रूपमा प्रतिबन्धित रहेको अवस्थामा यस प्रकारको ठूलो रकमको कारोबार हुनु गम्भीर अपराधका रूपमा प्रहरीले लिएको छ । हाल पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



