फिफाको निलम्बनमा पर्यो एन्फा
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफाको काउन्सिल ब्युरोले जुन २४, २०२६ मा गरेको निर्णयअनुसार एन्फामाथि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लागू हुने भएको हो।

फिफाले तेस्रो पक्षको हस्तक्षेप तथा सदस्य संघका दायित्वहरूको गम्भीर उल्लंघनलाई निलम्बनको मुख्य कारणका रूपमा उल्लेख गरेको छ। फिफाले एन्फाका महासचिवलाई पठाएको पत्रमा राष्ट्रिय खेलकुद परिषद्को मार्च २५ को निर्णयलाई बिना सर्त फिर्ता लिनुपर्ने र वर्तमान कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने सर्त राखेको छ।
साथै, एन्फाको विधान र नियमावलीअनुसार सुरु भइसकेको निर्वाचन प्रक्रिया छिटो सम्पन्न हुन दिनुपर्ने पनि फिफाको माग छ। यी विषयमा आवश्यक सुधार भएमा आगामी परिषद् बैठकअघि नै निलम्बन फुकुवा गर्न सकिने संकेत फिफाले दिएको छ।
![]() |
![]() |
![]() |
|---|
निलम्बनका कारण एन्फाले फिफा सदस्यका रूपमा प्राप्त सबै अधिकार अस्थायी रूपमा गुमाउने भएको छ। यस अवधिमा एन्फाका प्रतिनिधि टोली तथा नेपाली क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। साथै एन्फाका पदाधिकारी, कर्मचारी र सदस्यहरू फिफा तथा एसियन फुटबल कन्फीडिरेसन (एएफसी) का विकास कार्यक्रम, तालिम र प्रशिक्षणमा समेत सहभागी हुन नपाउने भएका छन्।
केही दिन अघि विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थियो ।
आर्थिक अनियमिततासम्बन्धी विषयको छानबिनका लागि राखेपले नेम्वाङ र राईसहित एन्फाका सबै पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको जनाएको छ ।
Image Source: © https://mulpatra.com




Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



