रास्वपाको केन्द्रीय समिति बैठक आव्हान

रास्वपाको केन्द्रीय समिति बैठक आव्हान
  • १० चैत्र २०८२, मंगलवार ०८:२७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय समिति बैठक बोलाएको छ । बिहीबार का लागि तय भएको बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ ।

mulpatra

बैठकमा संसदीय दल नेता चयन र सरकारमा जाने मन्त्रीहरुको बारे छलफल हुने एक केन्द्रीय सदस्यले बताएका छन् । रास्वपाले चुनाव अगावै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको थियो। सोही अनुसार बालेन शाहलाई स्रसदीय दलको नेता चयन गर्नेछ ।

संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ बिहीबार नै तय गरेको छ। लगत्तै रास्वपाको केन्द्रीय समिति बसेर विधानको व्यवस्थाबारे छलफल गर्नेछ।

mulpatra mulpatra mulpatra

विधानमा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने र निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने व्यवस्था छ।