कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्रका विद्यार्थी सडकमा
काठमाडौँ । जेनजी विद्रोहमा भएको घटनाहरुको अध्ययन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को अगुवाईमा जेनजी आन्दोलनमा भएका छानविनको सत्यतथ्य बाहिर ल्याउन दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन अभियान समेत सुरु गरेको छ ।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उक्त हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइने विद्यार्थीले जनाएका छन् । स्ववियूले सुशीला कार्की सरकारले नै कार्की प्रतिवेदन सार्वजनिक गर्नुपर्ने समेत माग गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिन प्रतिवेदन तयार भइ सरकारलाई बुझाई सकेको छ । तर पनि प्रधानमन्त्री सुसिला कार्की त्यसलाई सार्वजनिक गर्ने पक्षमा देखिएकी छैनन । यहि चैत्र १३ गते नयाँ प्रधानमन्त्रीका रुपमा बालेन साह आउने भएपछि प्रधानमन्त्री कार्की प्रतिवेदन सार्वजनिक नगरि बाहिरिने दाउमा छिन् ।



