हर्क साम्पाङले पहिलो संंसद बैठकमै एमसीसी खारेजको प्रस्ताव राख्ने
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको पहिलो बैठकमै एमसीसी खारेजीको प्रस्ताव राख्ने बताएका छन् ।

यहि १२ गते प्रतिनिधिसभा सांसदहरुको सपथ कार्यक्रम रहेको छ । १३ गते प्रधानमन्त्रीले सपथ लिएपछि मात्र संसदको बैठक आव्हान हुने भएको छ । आगामी बस्ने संसदको पहिलो बैठकमै आफूले पेस गर्ने मुख्य प्रस्तावहरू सार्वजनिक गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको प्रस्ताव लैजाने बताएका हुन्।
एमसीसी राष्ट्रिय हित विपरीत भएको भन्दै सो खारेजीलाई संसद्मा आफ्नो पहिलो प्रस्तावको रूपमा लैजाने बताएका हुन् । उनले हालको शिक्षा प्रणाली समेत व्यावहारिक नभएको र यसले दक्ष जनशक्ति उत्पादन गर्न नसकेको तर्क गर्दै उनले शिक्षा क्षेत्रमा आमूल र तात्विक परिवर्तनको आवश्यकता औँल्याएका छन् ।
![]() |
![]() |
![]() |
|---|
त्यसैगरि सीमा सुरक्षालाई मजबुत बनाउनुपर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर उकास्न विशेष विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने र मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न प्रत्येक स्थानीय तहमा अनिवार्य रूपमा एउटा उद्योग स्थापना गर्ने नीतिगत प्रस्ताव उनले अघि सारेका छन् ।
उनले भनेका छन्, ‘पहिलो सदनमा हाम्रो प्रस्ताव एमसीसी खारेज , शिक्षामा तात्त्विक परिवर्तन सीमारक्षा र सीमावर्ती क्षेत्रमा केन्द्रित विकास र आर्थिक विकास, एक पालिका एक उद्योग आदि ।’
श्रम संस्कृति पार्टीले निर्वाचनमा ३ सिट प्रत्यक्षतर्फ जितेको छ । सो पार्टीले ४ सिट समानुपातिक तर्फबाट प्राप्त गरेको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



