नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौ २४–२६ गर्ने प्रस्ताव
काठमाडौं । सानेपालमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएको छ । सभापति गगन थापाले पार्टी केन्द्रीय समिति बैठकमा आगामी भदौ २४, २५, २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन्।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नराम्रोसँग पराजय भएपछि थापाले पार्टी सभापतिबाट राजिनामा दिएका थिए । उनको राजिनामा पछि बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनको राजिनामा अस्विकृत गरेको थियो । पुनः सभापतिकै रुपमा फर्किएका थापाले नियमित महाधिवेशन गर्ने प्रस्ताव गर्दै कार्यतालिका समेत पेश गरेका छन् ।
सभापति थापाले क्रियाशील सदस्यता वितरण र चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असा १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी कांग्रेसको छ ।



