युद्ध अन्त्य गर्न इरानले राख्यो ५ सर्त
काठमाण्डौ । मध्यपूर्वमा जारी तनावका बीच इरान ले युद्ध अन्त्यका लागि अघि सारिएको अमेरिका को प्रस्ताव अस्वीकार गर्दै आफ्नै सर्तहरू सार्वजनिक गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानले युद्ध अन्त्य गर्ने निर्णय आफ्नै समय र शर्तअनुसार मात्रै गर्ने स्पष्ट पारेका छन्।
एक अधिकारीलाई उद्धृत गर्दै सन्चारमाध्यमले जनाए अनुसार अस्थायी युद्धविरामभन्दा पनि इरान पूर्ण रूपमा युद्ध अन्त्य चाहन्छ, तर त्यसका लागि निश्चित सर्तहरू पूरा हुनैपर्ने अडान लिएको छ।
![]() |
![]() |
![]() |
|---|
इरानले युद्ध अन्त्यका लागि ५ प्रमुख सर्त अघि सारेको छ । शत्रुपक्षबाट हुने सबै प्रकारका आक्रमण र लक्षित हत्या पूर्ण रूपमा रोकिनु पर्ने, भविष्यमा इरानमाथि पुनः युद्ध नथोपर्ने सुनिश्चित गर्न ठोस अन्तर्राष्ट्रिय संयन्त्र स्थापना हुनुपर्ने, युद्धबाट भएको क्षति तथा नोक्सानीको सुनिश्चित क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने रहेको छ ।
त्यसैगरि क्षेत्रभर सक्रिय सबै प्रतिरोध समूहसहित सबै मोर्चामा युद्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने र हर्मुज जलडमरूमध्य मा इरानको सार्वभौम अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता र ग्यारेन्टी प्रदान गरिनुपर्ने प्रस्ताव अघि सारेको छ ।
यसैबीच, वाशिङ्टनले कूटनीतिक माध्यममार्फत वार्ता अघि बढाउने प्रयास गरिरहेको भए पनि तेहरानले अमेरिकी प्रस्तावलाई ‘अत्यधिक’ भन्दै अस्वीकार गरेको जनाएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



