Close

Recent Posts

कार्की नेतृत्वको छानविन आयोगको प्रतिवेदन प्रति बारको असहमति

कार्की नेतृत्वको छानविन आयोगको प्रतिवेदन प्रति बारको असहमति
  • १२ चैत्र २०८२, बिहीबार १७:५९

काठमाडौं । जेनजी आन्दोलनको छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा नेपाल बारले असहमति जनाएको छ । आज बसेको नेपाल बार एशोसियसनको आकस्मिक बैठकले कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि असहमतिसहित विरोध जनाउने निर्णय गरेको छ ।

mulpatra

प्रतिवेदनमा कानुन व्यवसायीमाथि लान्छना लगाइएको समेत बारेको ठम्याई छ । प्रतिवेदनका कतिपय ठाउँमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतामाथि प्रहार भएको भन्दै अन्य कतिपय आपत्तिजनक विषयवस्तु समावेश भएको देखिएकाले प्रतिवेदनमा सहमति हुने ठाउँ नरहेको नेपाल बार एशोसियसनले जनाएको छ ।

नेपाल बार एशोसियसनका अध्यक्ष डा.विजयप्रसाद मिश्रले आयोगको प्रतिवेदनप्रति असहमति जनाउँदै सर्वोच्च अदालत र त्यहाँका न्यायाधीशहरूमाथि ज्ञापन पत्र बुझाउने निर्णय भएको बताएका छन् । प्रतिवेदनमाथि विस्तृत अध्ययन गर्न छुट्टै समिति बनाउने निर्णय समेत भएको छ ।’

mulpatra mulpatra mulpatra

बारले सर्वोच्च अदालतका कतिपय फैसलामाथि अस्वाभाविक टिकाटिप्पणी भएको, आत्मपरक रुपमा मनोमानी व्याख्या र विषयवस्तु समावेश भएको भन्दै छानबिन समितिका पदाधिकारीहरूको काम कारबाहीलाई कार्यादेश बाहिर गएर भएको काम भनी टिप्पणी गरेको छ ।