साम्पाङले सभामुख सबैको साझा भन्दै विरोध ५ वर्ष नै चल्छ, निलम्बन खेप्न तयार छौँ
काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको प्रष्ट पारेका छन् । संसद बैठकमा पर्चा देखाएर गरेको प्रदर्शन जारी राख्ने उनले बताए ।

आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध जनाएका थिए । सभामुखले उनीहरूलाई आइन्दा यस्तो व्यवहार नगर्न चेतावनी पनि दिए । तर, सदनबाट बाहिर निस्किएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले विरोध गर्न जारी राख्ने बताएका हुन् ।
उनले भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।’
![]() |
![]() |
![]() |
|---|
आफूहरूले सुकुमबासी, लिपुलेक, विदेशी ऋणलगायत विषयमा प्रश्न सोधेको तर मन्त्रीहरूले जवाफ नदिएको उनले बताए ।
‘हामीले उत्तर पाएका छैनौँ । उहाँहरू आउनुहुन्न । हामीले दबाब दिएपछि आज बल्ल २–४ जना मन्त्री आउनुभो । हामी प्रत्येक दिन नै प्रश्न गर्छौँ,’ साम्पाङले भने ।
मन्त्रीहरू आए पनि प्रश्न गर्न नपाएको उनको गुनासो छ । सभामुखले नै प्रश्न गर्न नपाउने भनेर रुलिङ गरेपछि आफूहरूले विरोध गरेको उनले बताए ।
Image Source: © https://mulpatra.com
यसरी दिनदिनै विरोध गरिरहँदा निलम्बनमा पर्नुहोला नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा साम्पाङले जवाफ दिए, ‘ठिक छ त । हामी रेडी छम् । म रेडी छु । जनताको लागि, सार्वभौम संसदका लागि, व्यवस्थाका लागि निलम्बन हुन तयार छौँ । आज नै गर्नु भनेको गर्नुभएन ।’
सभामुखले सबै दलहरूको अभिभावको रूपमा भूमिका निभाउनुपर्नेमा साम्पाङले जोड दिए ।
उनले भने, ‘सभामुख सबैको साझा हो । उहाँ एउटा दलबाट आउनुभएको भए पनि सभामुख उहाँको अभिव्यक्ति र व्यवहार साझा हुनुपर्छ । उहाँ श्रम संस्कृति पार्टीको पनि सभामुख हुनुपर्छ । म संसदीय दलको नेता हो । मलाई नै दुई मिनेट बोल, तीन मिनेट बोल भनेर हुन्छ ? त्यो हुँदैन ।’
आफूहरूले संसदमा कुनै अमर्यादित र अभद्र व्यवहार नगरेको उनले बताए ।
‘हामीले तोडफोड ग¥यौँ कि, अपशब्द बोल्यौँ कि, कसैमाथि केही ग¥यौँ कि ? हामीले एउटा पर्चा देखाएर, हाम्रो यो छ माग, यो छ विरोध, यहाँनिर हाम्रो असहमति छ भन्न पाइँदैन ? हामीले अशिष्ट शैलीमा के ग¥यौँ । पर्चा बोकेर जान पाइँदैन भनेर कहाँ लेख्या छ ? नियमावलीमा कहाँ छ ? नचाहिने गोजीको नियम लगाएर हुन्छ ? पाउँदैन भनेर लेखेको देखाइदिनुस् न त ।’
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



