Close

Recent Posts

प्रधानमन्त्री बालेनसँगै यी हुन १५ मन्त्रालय हाक्ने मन्त्रीहरु

प्रधानमन्त्री बालेनसँगै यी हुन १५ मन्त्रालय हाक्ने मन्त्रीहरु
  • १३ चैत्र २०८२, शुक्रबार १२:५६

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषदका अन्य सदस्यहरुको समेत सपथ ग्रहण भएको छ ।

mulpatra

मन्त्रालयको संख्या घटाउने भनेर लागेका बालेनले हाल १५ मन्त्रीहरुको नाम र जिम्मेवारी टुंग्याएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराए पछि अन्य मन्त्रीहरुले समेत सपथ लिएका हुन् ।

mulpatra mulpatra mulpatra

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

कसको भागमा कुन मन्त्रालय पर्यो ?
प्रधानमन्त्री बालेनले रक्षा र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय पनि सम्हालेका छन् ।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले –अर्थमन्त्री
तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालय
शिशिर खनालले परराष्ट्र मन्त्रालय
सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय
विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय
खड्कराज पौडेल ले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय
सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय
निशा मेहता स्वास्थ्य तथा जनसंख्या, खानेपानी मन्त्रालय
डा. विक्रम तिमिल्सिना सञ्चार तथा सुचना प्रविधि मन्त्री
प्रतिभा रावल संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय
सोविता गौतमले कानुन न्याय तथा संसदिय मामिला मन्त्रालय
गिता चौधरी कृषि तथा पशुपंक्षि विकास, वन तथा वातावरण मन्त्रालय
दीपक कुमार शाह, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सिता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय