पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ
काठमाडौँ । कार्की आयोगको सिफारीसमा पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन्।

उनलाई शनिबार बिहान ५ः४० बजे भक्तपुरको कटुन्जेस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको टोलीले जरुरी पक्राउ पुर्जी बुझाएर नियन्त्रणमा लिएको हो।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको एक अधिकृतले जानकारी दिए।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
![]() |
![]() |
![]() |
|---|
जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन गृहमन्त्री लेखकलाई ुफौजदारी हेलचेक्र्याइँु गरेको गम्भीर आरोप लगाउँदै कानुनी कारबाहीका लागि सिफारिस गरिएको थियो। आयोगले आफ्नो प्रतिवेदनमा कार्यकारी प्रमुखका रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ बमोजिम कसुर हेरी अनुसन्धान, तहकिकात र अभियोजन गर्न नेपाल सरकारलाई सिफारिस गरेको थियो।
उनलाई काठमाडौं प्रहरी परिसर ल्याइँदै छ ।



